काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाका कारण मृत्यु भएको संख्या बढीमा २/३ जना रहेको हुनसक्ने बताएका छन् ।
राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अरु कारणले मृत्यु भएकाहरुमा पनि संक्रमण देखिएपछि मृत्यु मान्नुपर्ने डब्लुचओको मापदण्डकाका कारण मृत्यु मान्नु परेको बताए
उनले अहिलेसम्म २० जनाको मृत्यु भएको बताए । तर उनीहरु मध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको उनको दाबी छ ।
प्रधानमन्त्रीले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या न्यून रहेको बताउँदै भने, ‘हाम्रो उपचार विधि र हाम्रो प्रतिरोध क्षमताको कारणले निधन हुनेको संख्या धेरै कम छ ।’