पछिल्लो २४ घण्टामा ६७१ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या ७८४८ पुग्यो

-


     मर्दी न्युज    
     ४ असार २०७७ मा प्रकाशित


पोखरा, ४ असार । नेपालमा पछिल्लो २४ घण्टामा ६७१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवारसम्म कुल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

मन्त्रालयका अनुसार बिहीवारम्म पीसीआर विधिबाट एक लाख ५५ हजार ५ सय १८ जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट २ लाख ४३ हजार ७५ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिलेसम्म १ लाख १६ हजार २ सय १५ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ६ हजार ६ सय ४८ जना रहेका छन ।

पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् । योसँगै एक हजार एक सय ७५ जनाले कोरोनालाई जितेका छन् । बिहीवार दुई जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या भने २२ पुगेको छ ।