प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एममिसी सम्झौताबारे धेरै हल्ला चलेको बताएका छन्। संघीय संसद राष्ट्रियसभाको बिहीबारको बैठकमा उनले एमसीसी नपढी अफवाह फैलाइएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा भने, ‘एमसिसी पढेका मान्छे मैले त्यति भेटिनँ। सम्झौता खोजेर ल्याएर पढे हुन्छ। पढ्ने भन्दा हल्लाका भरमा कुद्ने र जसरी भए पनि विरोध गर्न पाए भन्ने कस्तो चिन्तन।’
“मान्छेहरूले पढे हुन्थ्यो नि ! लहैलहैमा लागेको छ । देशमा विकास हुन लाग्यो भन्ने चिन्ता हो ?’’ प्रधानमन्त्री ओली भने, ‘उनले खुट्टाले हिँड्न छाडेर टाउकाले टेकेर, हातले टेकेर खुट्टा ठाडो पारेर हिँड्ने अभ्यास गर्न किन जरुरी छ ?”
प्रधानमन्त्रीले एमसीसी सडक र सदनको विषय बनेको भन्दै सबैले पढेर मात्रै धारणा राख्नुपर्ने सुझाव दिएका थिए ।
एमसीसीको विरोध गर्नेहरूलाई मुलुकमा वैदेशिक लगानी आउन लागेको र विकास हुन लागेकोमा चिन्ता भएको प्रधानमन्त्री ओलीको आरोप थियो । उनले भने, ‘कि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता हो ? यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो ?’