राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण

-


     मर्दी न्युज    
     ४ असार २०७७ मा प्रकाशित


फाइल तस्विर

काठमाडौं । भारतीय अतिक्रमणमा परेका लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका क्षेत्रलाई समेटेर राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गरेकी छन् ।

नेकपालको नक्सा संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको नेपालको निसान छापमा राख्नका लागि गरिएको संविधान संशोधन विधेयक सभामुख अग्‍निप्रसाद सापकोटाले बिहीबार प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिएका थिए ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेको एक विज्ञप्ति जारी गरेर जानकारी दिएका हुन् ।

‘आज मिति २०७७ साल असार ४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएको छ,’ प्रवक्त दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।