पोखरा, ५ असार । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ५३ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ५३ हजार २१६ पुगेको छ ।
कोरोना संक्रमणका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । अमेरिकामा हालसम्म एक लाख १८ हजार ३८६ को कोरोना संक्रमणका कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा ४७ हजार ७४८ जनाले संक्रमणका कारण ज्यान गुमाएको छ । त्यस्तै तेस्रो स्थानमा रहेको बेलायतमा ४२ हजार ३७३, इटलीमा ३४ हजार ५१४ तथा फ्रान्समा २९ हजार ६०६ मानिसले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
विश्वभर संक्रमितको संख्या भने ८४ लाख ६१ हजार नाघेको छ । उक्त विश्वविद्यालयको तथ्यांक अनुसार हालसम्म ८४ लाख ४१ हजार ६१७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या अमेरिका छ । अमेरिकामा हालसम्म २१ लाख ८८ हजार ३७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै ब्राजिलमा ९ लाख ७८ हजार १४२ जनामा संक्रमणको पुष्टि भइसकेको छ भने रुसमा ५ लाख ६० हजार ३२१, भारतमा ३ लाख ६६ हजार ९४६ र बेलायतमा ३ लाख १ हजार ९३५ जनामा संक्रमण पुष्टि भैइसकेको छ ।
चीनको वुहान शहरबाट शुरु भएको यस कोरोनालाई जितेर घर फर्किनेको संख्या विश्वभर गरी ४१ लाख ४१ हजार ९७५ जना रहेका छन् । सबैभन्दा धेरै अमेरिकामै रहेका छन् । अमेरिकामा हालसम्म कोरोनालाई जित्नेको संख्या ५ लाख ९९ हजार ११५ रहेको छ । त्यस्तै ब्राजिलमा ५ लाख ३४ हजार २१५ रहेको छ भने रुसमा ३ लाख १३ हजार ४०९ जना रहेको छ ।