पोखरा, ५ असार । नेपाली बजारमा सुनको मूल्य ९० हजार नजिक पुगेको छ । शुक्रवार सुन तोलाको ८९ हजार ९ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ४६० कायम गरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भने तोलाको ९३० रुपैयाँ तोकेको छ ।
बिहीवार छापावाला सुनको मूल्य ८९ हजार ८ सय कायम रहेकोमा शुक्रवार एक सय रुपैयाँले बढेको हो । त्यस्तै तेजाबी सुनको मूल्य विहीवार ८९ हजार ३६५ रहेको थियो । चाँदीको मूल्यमा भने स्थिर रहेको छ ।
महासंघका अनुसार हाल भइरहेको नेपाली मुद्राको अवमूल्यन र राजश्व अभिवृद्धिले सुनको मूल्य थप उच्च बिन्दुमा पुगेको हो ।