पोखरा, ६ असार । शनिवार थप ३ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय ४१ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए ।
यो सँगै संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
शनिवारसम्म पीसीआर विधिबाट १ लाख ६९ हजार १ सय ६५ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडीटी विधिबाट हालसम्म २ लाख ५२ हजार ३ सय जनाको परीक्षण भएको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शनिवारसम्म क्वारेन्टाइनमा १ लाख २ हजार २ सय ४५ जना रहेका छन् भने ७ हजार ५ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा १७६ जना डिस्चार्ज भएका छन्। २४ घण्टामा डिस्चार्ज हुनेमध्ये १५८ पुरुष र १८ महिला छन्। प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या १५ सय ७८ पुगेको छ।