मुस्ताङमा पनि भेटिए संक्रमित, शनिवार मात्रै गण्डकी प्रदेशमा १०८ संक्रमित थपिए

-


     मर्दी न्युज    
     ६ असार २०७७ मा प्रकाशित


गण्डकी प्रदेशमा शनिबारमात्रै १०८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या ४८८ पुगेको छ ।

शनिवार बिहान ७ जिल्लाका ५८ जनामा कोरोना पुष्टि भएको थियो । साँझ ४ जिल्लाका ५० जना थप भएका हुन् ।

अहिलेसम्म मुस्ताङबाहेक प्रदेशका १० जिल्लामा कोरोना संक्रमित भेटिएकोमा पहिलोपटक मुस्ताङमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको घरपझोङ गाउँपालिकाका ८३ वर्षे वृद्धमा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा हालसम्म एक जनाको मृत्यु भएको छ ।



Tags: