पोखरा, ७ असार । गण्डकी प्रदेशमा आइतबार बिहान थप १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै प्रदेशमा संक्रमितकाे संख्य ५०४ पुगेकाे छ।
संक्रमितहरू चार जिल्लाकाे रहेका छन् । जसमा बागलुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ रहेकाे स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनाेदविन्दु शर्माले जानकारी दिए ।
शनिवार मात्रै गण्डकी प्रदेशमा १०८ जना संक्रमित थपिएका थिए । शनिवार पहिलो पटक मुस्ताङ जिल्लामा कोरोना संक्रमण देखिएसँगै प्रदेशको सबै जिल्लामा संक्रमित भेटिएका छन् ।
शनिवार मुस्ताङको छैरोस्थत तिब्बती शरणार्थी शिविरमा आएका ८३ वर्षीय १ बृद्धमा कोरोना पोजेटिभ देखिएपछि क्याम्प सिल गरिएको छ । जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिले शिविरमा आएका ८३ वर्षीय १ बृद्धमा कोरोना पोजेटिभ देखिएपछि क्याम्प सिल गरिएको हो ।
जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिले शनिबार साझनै क्याम्प शिल गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए ।
संक्रमित व्यक्तिसँगै बसमा आएका १८ जना क्याम्पभित्रै रहेकाले सिल गर्नु परेको उनले बताए ।