पोखरा । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार असार ५ गते गुल्मीको छत्रकोट गाउँपालिका ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
पारालाइसिसको उपचारका लागि भारत गएको र जेठ २५ गते नेपाल आएका वृद्धको असार ५ गते होम क्वारेन्टाइनमै मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।
गौतमका अनुसार मृत्युपछि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो ।