सुनको मूल्य प्रतितोला ९१ हजार

-


     मर्दी न्युज    
     ८ असार २०७७ मा प्रकाशित


पोखरा, ८ असार । नेपाली बजारमा सुनको मूल्य ९१ हजार पुगेको छ । आइतबार सुन तोलाको ९० हजार ६ सय रुपैयाँ थियो । सोमवार ४ सय बढेर यो अहिलेसम्मकै उच्च मूल्य हो । यस्तै तेजाबी सुनको मूल्य ९० हजार ५६५ कायम गरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भने तोलाको ९५० रुपैयाँ तोकेको छ । आइतबार चाँदीको प्रति तोला ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार हाल भइरहेको नेपाली मुद्राको अवमूल्यन र राजश्व अभिवृद्धिले सुनको मूल्य थप उच्च बिन्दुमा पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढ्न थालेपछि अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि सुनको मुल्य लगातार उकालो लागिरहेको छ ।