थप ५३५ जनामा संक्रमण पुष्टि, रसुवा बाहेक सबै जिल्लामा संक्रमति भेटिए

-


     मर्दी न्युज    
     ८ असार २०७७ मा प्रकाशित


पोखरा, ८ असार । सोमवार थप ५ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ५ सय ३५ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए ।

प्रवक्ता डा. गौतमका अनुसार नेपालमा रसुवा जिल्लाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

थप संक्रमितहरु मध्ये झापाका ३, मोरङका १२, धनुषाका १०, महोत्तरीका १, सप्तरीका १५, अछामका २, अर्घाखाँचीका ९, बैतडीका १४, डडेलधुराका १५, डोटीका ७, गुल्मीका ५६, जाजरकोटका १, कैलालीका ५८, नवलपरासीका ५, सर्लाहीका ४७ ,सिन्धुपाल्चोकका २, सिरहाका २३, स्याङजाका ३३, पाल्पाका ९०, प्युठानका ३०, रौटहटका ३४, रुपन्देहीका १०, चितवनका ५, ओखलढुंगाका १, नवलपुरका २४, तनहुँका ११ र दाङका १३ जना रहेका छन् ।

यो सँगै संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।

सोमवारसम्म पीसीआर विधिबाट १ लाख ८१ हजार ३ सय ७१ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडीटी विधिबाट हालसम्म २ लाख ६८ हजार १ सय ३ जनाको परीक्षण भएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार सोमवारसम्म क्वारेन्टाइनमा ९० हजार ७ सय ३० जना रहेका छन् भने ७ हजार ७ सय ८९ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा ३ सय ७० जना डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमका अनुसार विगत २४ घण्टामा डिस्चार्ज हुनेमा ३२ जना महिला र ३३८ जना पुरुष रहेका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ ।