सांकेतिक फोटो
पाल्पा, ८ असार । जिल्लाको तानसेन नगरपालिका–११, सम्मोबारीमा पहिरोले तीनवटा गाडि बगाएको छ । पाल्पा गुल्मी सडक खण्डमा सोमबार दिउँसो पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको नम्बर नखुलेको तीन वटा सवारी साधन कार, ट्रक र मिनि ट्रकलाई सडक माथिबाट आएको पहिरोले बगाएर सडक तल भीरमा पु(याएको प्रहरीले जनाएको छ । घटनामा दुईजनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
अहिले उद्दारका लागि प्रहरी र स्थानीय बासिन्दा खटेका छन् । एउटा गाडी पहिरोमा तल पुगेकाले त्यसमा के कति यात्रु थिए भन्ने जानकारी नभएको र माथिबाट पहिरो खस्ने क्रम नरोकिएका कारण उद्दारमा कठिनाई भईरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए । मानवीय क्षतिका बारेमा थप जानकारी आउन सकेको छैन ।
– गोरखापत्र अनलाइन