सोमवार साँझ गण्डकी प्रदेशमा ५३ जना कोरोना संक्रमित, प्रदेशभर गरी ५९३ पुग्यो

-


     मर्दी न्युज    
     ८ असार २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा सोमबार साँझ थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशभर ५ सय ९३ जनामा कोरोना पुष्टि भएको छ

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीसहित, तनहुँ, गोरखा, स्याङ्जा, बागलुङ, लमजुङ, पर्वत र नवलपुरका ८ जिल्लाका गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माका अनुसार तनहुँको भीमाद मा ३ पुरुष, घिरीङमा १ पुरुष, आँबुखैरेनीमा ३ पुरुष, बन्दीपुरमा ९ पुरुष र १ महिला गरी जम्मा १७ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी स्याङ्जाको अर्जुनचौपारीमा ५ पुरुष र १ महिला, वालिङमा १ पुरुष, कालीगण्डकीमा २ पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको छ ।

बागलुङको निशिखोलाका ७ महिनाको बालक र ताराखोलामा ७ पुरुष गरी जिल्लामा थप ७ जनामा कोरोना देखिएको हो ।

यसैगरी गोरखाको गण्डकी गाउँपालिकाका ३ पुरुष, भीमसेन गाउँपालिकाका ३ पुरुष र २ महिला, सहिद लखनका ३ पुरुषमा गरी थप ११ जनामा कोरोना पुष्टि भएको छ भने लमजुङको क्होलासोथरका १ पुरुष, मध्यनेपालका २ पुरुष, दूधपोखरीका १ पुरुष र बेसिसहरका १ महिला गरी ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी पर्वतको कुश्मा नगरपालिकाका १ पुरुष, नवलपुर बौलीकालीका १ पुरुष र कास्कीको पोखराका १ पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

आज बिहान मात्रै प्रदेशको दुई जिल्ला स्याङ्जा र नवलपुरका गरी २० जनामा कोरोना संक्रमित पुष्टि भएको थियो । सोमबार मात्रै गण्डकी प्रदेशमा ७३ जना संक्रमितको पुष्टि भएको छ । प्रदेशका सबै जिल्लामा संक्रमित देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा हालसम्म कोरोनाका कारण १ जनाको मृत्यु भएको छ ।



Tags: