फाइल तस्विर
पोखरा, ९ असार । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ७१ हजार नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ७१ हजार ५९१ पुगेको छ ।
कोरोना संक्रमणका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । अमेरिकामा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २० हजार ३ सय ९३ जना पुगेको छ ।
दोस्रोमा ब्राजिल छ भने तेस्रोमा बेलायत, चौथोमा इटली तथा पाचौंमा फ्रान्स छ । ब्राजिलमा ५१ हजार २ सय ७१ जना, बेलायतमा ४२ हजार ७ सय ३१, इटलीमा ३४ हजार ६ सय ५७ र फ्रान्समा २९ हजार ६ सय ६६ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
उक्त विश्वविद्यालयको तथ्यांक अनुसार संक्रमितको संख्या ९० लाख ७३ हजार ३ सय ८६ जना पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । अमेरिकामा २३ लाख १० हजार ७ सय ८६ जना जना संक्रमित पुष्टि भएको छ भने ब्राजिलमा ११ लाख ६ हजार ४ सय ७० पुगेको छ ।
तेस्रो स्थानमा रहेको रुसमा ५ लाख ९१ हजार ४ सय ६५ जना संक्रमित छन् भने चौथो स्थानमा रहेको भारतमा ४ लाख २५ हजार २ सय ८२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट विश्वका ४५ लाख १० हजार ७ सय ७ जना निको भई घर फर्किसकेका छन् ।