![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/06/bandipur.jpg?fit=750%2C615&ssl=1)
तनहुँ, ९ असार । तनहुँको बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्तासम्म पूर्ण बन्द गरिने भएको छ । सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै आपतकालीन बैठक बसेर गाउँपालिकाको सम्पूर्ण क्षेत्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको अध्यक्ष पूर्णसिंह थापाले बताए ।
बैठकले बन्दिपुर अस्पतालको सबै सेवा, गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाहरु २ हप्ताका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णयसमेत छ ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै थापाले सोमबार बन्दिपुर गाउँपालिकामा थप ११ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमित संख्या बढदै गएको अनुभुति गर्दै नागरिकका सुरक्षा लागि सबै सेवा बन्द गरिएको बताए । जसमा इलाका प्रहरी कार्यालय बन्दिपुर एक हप्ताका लागि पनि बन्द गरिने उनले बताए ।
गाउँपालिकामा क्षेत्रमा थप संक्रमण फैलन नदिनका लागि बन्दाबन्दीको निर्णयलाई पूर्ण रुपमा पालना गर्न, गाउँपालिकावासीलाई उच्च मनोवलका साथ भौतिक दूरी कायम गरी आफू र समुदायलई सुरक्षित रहन गाउँपालिकाले सूचना मार्फत अनुरोध गरेको छ ।
![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/06/bandipur-gaunpalika.jpg?resize=842%2C960&ssl=1)