बागलुङका ११ जना कोरोना निको भई घर फर्किए

-


     मर्दी न्युज    
     ९ असार २०७७ मा प्रकाशित


पोखरा, ९ असार । बागलुङ जिल्लाका ११ जना कोरोना भाइरसबाट छुटकारा पाई घर फर्केका छन् ।

धौलागिरी अस्पतालमा उपचार गराई रहेका गल्कोट नगरपालिकाका २३ वर्षका एक जना, निसीखोला गाउँपालिकाका वर्ष २९ र २२ का दुईजना कोरोना सङ्क्रमण मुक्त भएका हुन् ।

त्यस्तै ताराखोला गाउँपालिका, वर्ष ३९ का एक जना, बडीगाड गाउँपालिकाका वर्ष २५, २५, ३९, ३२ र २२ का ५ जना, बरेंङ गाउँपालिकाका वर्ष १८ र २३ का २ जना गरि ११ जना पुरुषहरु धौलागिरी अस्पतालबाट निको भई घर फर्किएको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बि.क. पोख्रेलले जानकारी दिए ।



Tags: