पोखराका ७ सहित गण्डकी प्रदेशमा थपिए १०४ संक्रमीत, संक्रमितको संख्या ६९७ पुग्यो

-


     मर्दी न्युज    
     ९ असार २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा थप १०४ जना कोरोना भाइरसका संक्रमित पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार अबेर विज्ञप्ति प्रकाशित गरी पोखरा, भरतपुर र काठमाडौंमा गरिएको परीक्षणमा प्रदेशका ७ जिल्लाका १ सय ४ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

मंगलवार ८ः१५ बजे प्रकाशित विज्ञप्तिअनुसार पर्वतका २१, नवलपुरका ३८, कास्कीका ७, स्याङ्जाका १३, बागलुङका ६, गोरखाका १८, तनहुँका १ जनामा छन् । कास्कीका संक्रमित सातै जना पोखरा महानगरपालिकाका हुन् । त्यसमा ३ पुरुष र ४ महिला छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ९७ पुगेको छ । प्रदेशमा संक्रमितमध्ये ५५ जना निको भएका छन् । बागलुङका ११ जना आजै डिस्चार्ज भएको थियो । प्रदेशमा हालसम्म १ को मृत्यु भएको छ ।



Tags: