पाेखरा, १० असार । गण्डकी प्रदेशमा बुधवार बिहान थप ३२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेशकाे ८ जिल्लामा गरी ३२ जनामा काेराेना पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमितहरुमा लमजुङको ५ जना, पर्वतको १ जना, स्याङ्जाको ७ जना, कास्कीको ५ जना, गोरखाको १, बागलुङको ९, तनहुँको १ र नवलपुरको ३ जना गरी ३२ जना रहेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ७ सय २९ पुगेको निर्देशनालयले जनाएको छ । पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।