नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी

-


     मर्दी न्युज    
     १० असार २०७७ मा प्रकाशित


सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बिहान ११.३० बजेदेखि बैठक सुरु भएको हो ।

आजको स्थायी कमिटी बैठकका लागि ५ वटा विषय कार्यसूचीमा समावेश गरिएको छ । सुरुमा अध्यक्षद्वयले मन्तव्य राख्ने कार्यक्रम रहेको छ । त्यसपछि सरकारका कामकारवाहीका बारेमा छलफल हुनेछ । सीमा समस्या, कोरोना महामारीमा सरकारले खेलेको भूमिकाका बारेमा बैठकमा छलफल गर्ने तयारी भएको छ।

त्यसबाहेक एमसीसी र पार्टी एकताका विषयमा पनि छलफल गर्ने गरी कार्यसूची तयार पारिएको छ ।