नेकपा स्थायी कमिटी बैठकः सातबुँदे एजेण्डा तय गर्दै १२ गते फेरि बस्ने

-


     मर्दी न्युज    
     १० असार २०७७ मा प्रकाशित


सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठकले सातबुँदे एजेण्डा तय गर्दै आजको बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातबुँदे एजेण्डा तय गरेको हो । लगत्तै दुबै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकलाई सम्बोधन गरेका छन् ।

बैठकले तय गरेको ७ वटा एजेन्डाः
१. वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको संबोधन ।
२. कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा ।
३. नेपालको सीमा समस्या र समाधान सम्बन्धमा ।
४. सरकारको कामको समग्र समीक्षा सम्बन्धमा ।
५. पार्टी कामको समीक्षा र सांगठानिक एकतको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा ।
६. एममसीसीका सम्बन्धमा ।
७. विविध ।
क. रूकुम घटना
ख. नागरिकता विधेयक र
ग. संघीय संसदका सदस्यहरूको भत्ता ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार असार १२ गते अर्को बैठक बस्नेछ ।