पोखरा, १० असार । पछिल्लो २४ घण्टामा ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ६ सय २९ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए । बुधवार संक्रमित हुनेमा एक सय दश महिला र ५ सय १९ जना पुरुष रहेको उनले जानकारी दिए ।
संक्रमित हुनेमा झापाका ११ जना, सुनसरीका १, मोरङका १, सप्तरीका ६, धनुषा २०, महोत्तरीका, १२, सर्लाहीका २०, अछामका २३, बैतडीका ४, बाजुराका ७, डोटीका ४८, कैलालीका १०३ र कञ्चनपुरका ८५ जना रहेका छन् ।
त्यस्तै पर्वतका ३, रौतहटका ४४, धादिङका २, काठमाडौंका १, चितवनका १, तनहुँका १, स्याङ्जाका ७, नवलपुरका ५, पाल्पाका १५, भक्तपुरका १, गोरखाका ३, कास्कीका ४, बागलुङका ९, लमजुङका ५, गुल्मीका ५, कपिलवस्तुका १, रुपन्देहीका १, बाँकेका ९, बार्दियाका १, दाङका ७६, प्यूठानका १०, जाजरकोटका १, सुर्खेतका १४, दैलेखका ४, कालिकोटका १ र बाजुराका १ जना रहेका छन् ।
यो सँगै संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।
बुधवारसम्म पीसीआर विधिबाट १ लाख ९३ हजार १ सय ९४ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडीटी विधिबाट हालसम्म २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार बुधवारसम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् भने ८ हजार ३ सय ६६ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा एक सय १४ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना जितेर घर फर्किनेको संख्या २ हजार २ सय ३ सय ३८ पुगेको छ ।