पोखरा, १० असार । व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ को लागि १ अर्ब ५२ करोड ९७ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको छ ।
नगरपालिकाकी उपप्रमुख मिरा जोशीले बुधबार ३३ औं नगर सभाको सातौं अधिवेशनमा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।
जसमा पूँजीगत खर्चतर्फ ६२ करोड ७१ लाख ९८ हजार अर्थात ४१ प्रतिशत र चालु खर्चतर्फ ९० करोड २५ लाख ५३ हजार अर्थात् ५९ प्रतिशत गरी १ अर्ब ५२ करोड ९७ लाख ५१ हजार प्रस्ताव गरिएको छ ।
व्यार नगरपालिकाको चालुतर्फ भने १ अर्व ४४ करोड ८२ लाख ७६ हजार रहेको थियो ।
बजेट, नीति तथा कार्यक्रमको पूर्ण पाठसहित