गण्डकी प्रदेशमा थप १३ जना कोरोना संक्रमित, संक्रमितको संख्या ७४२ पुग्यो

-


     मर्दी न्युज    
     १० असार २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा बुधवार साँझ १३ जना कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ४२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बुधवार साँझ ३ जिल्लाका संक्रमितहरुमध्ये गोरखाका २ जना पुरुष, कास्की पोखरा महानगरपालिकाका ४ पुरुष र स्याङ्जाका १ महिला र ६ पुरुष गरी १३ जना रहेको प्रदेश निर्देशनालयले जनाएको छ ।