पोखरा महानगरले ल्यायो ६ अर्ब १९ करोडको बजेट

-


     मर्दी न्युज    
     १० असार २०७७ मा प्रकाशित


पोखरा, १० असार । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ का बजेट सार्वजनीक गरेको छ । पोखरा सभागृहमा आयोजित सातौं नगर सभामा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपियाँको अनुमानित बजेट प्रस्ताव गर्नुभएको हो ।

जसमध्ये संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने अनुमान गरिएको उहाँले बताउनुभयो । अन्तर सरकारी अख्तियारबाट ८५ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

राजश्व बाँडफाडँतर्फ संघीय सरकारबाट ३० करोड ६४ लाख र प्रदेश सरकारबाट ४ करोड ३७ लाख गरी जम्मा ३५ करोड १ लाख प्राप्त हुने अनुमान गरिएको उपप्रमुख गुरुङले बताउनुभयो । त्यस्तै आन्तरिक स्रोतबाट २ अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने अनुमान गरिएको छ । बजेटको लक्षित उद्देश्यमा कोभिड १९ ले उत्पन्न गरेको परिस्थितीलाइ सम्बोधन गर्ने ।

संघीय सरकारबाट प्राप्त अख्तियारी समेत कुल प्रस्तावित बजेट ६ अर्व १९ करोड ७१ लाख ७८ हजार मध्ये चालु खर्चतर्फ ३ अर्व २० करोड ८४ लाख र पुँजीगत खर्च तर्फ २ अर्व ९८ करोड ८८ लाख छ भने उक्त बजेट मध्ये प्रशासनिक खर्चमा १ अर्व ५८ करोड ४ लाख र कार्यक्रम खर्चतर्फ ४ अर्व ६१ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ जस मध्ये चालु खर्चतर्फ ५२ प्रतिशत र पुँजीगततर्फ ४८ प्रतिशत हुन आउँछ भने प्रशासिनक तथा सञ्चालनतर्फ २६ प्रतिशत र कार्यक्रमतर्फ ७४ प्रतिशत हुन आउँछ ।