गण्डकी प्रदेशमा थप ११ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या ७५३ पुग्याे

-


     मर्दी न्युज    
     ११ असार २०७७ मा प्रकाशित


पाेखरा, ११ असार । गण्डकी प्रदेशमा थप ११ जनामा काेराेना पुष्टि भएकाे छ । बिहीबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्ति अनुसार ४ जिल्लाका गरी ११ जना संक्रमित थपिएकाे छ ।

याेसँगै प्रदेशमा संक्रमितकाे संख्या ७ सय ५३ पुगेकाे छ । संक्रमितहरूमा म्याग्दीका ६ जना, बागलुङका २ जना, स्याङ्जाका१ जना र नवलपुरका २ जना रहेका छन ।



Tags: