पोखरा, ११ असार । गण्डकी प्रदेशमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियूमा उपचाररत उपचाररत स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुषको बुधबार राति ११ः३५ मा निधन भएको निर्देशक तथा सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिएका छन् ।
असार ८ गते अस्पतालमा भर्ना भएका उनी कोभिड १९, सेभेरा, निमोनिया र डायबेटिजबाट ग्रस्त रहेको अस्पतालका निर्देशक डा आचार्यले जनाएका छन् ।
यसअघि कोरोनाबाट स्याङ्जाको वालिङका ५८ वर्षे पुरुषको निधन भएको थियो । बुधवार निधन भएकासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २ पुगेको छ ।
प्रदेशभर बिहीबार बिहानसम्म ७ सय ५३ जनामा कोरोना पुष्टि भएको छ ।