थप ५ सय ९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ हजार ७५५ पुग्यो

-


     मर्दी न्युज    
     १२ असार २०७७ मा प्रकाशित


पोखरा, १२ असार । शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार मात्र १०७ महिला र ४८६ पुरुष गरेर ५ सय ९३ जनामा कोरोना पोजिटिभ देखिएको हो । कुल संक्रमितमध्ये एक हजार २ सय ४९ महिला र १० हजार ५ सय ६ पुरुष गरेर ११ हजार ७ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रवारसम्म पीसीआर विधिबाट २ लाख ६ हजार २ सय ७१ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडीटी विधिबाट हालसम्म २ लाख ९० हजार ३ सय ४९ जनाको परीक्षण भएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शुक्रवारसम्म क्वारेन्टाइनमा ७१ हजार १२ जना रहेका छन् भने ९ हजार ३० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।

शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।