दाङमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     १२ असार २०७७ मा प्रकाशित


पोखरा । बिहीवार दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको विरामीलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

उनमा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता डा. राजेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।