कोरोना संक्रमणबाट विश्वमा ४ लाख ९३ हजार ६०४ को मृत्यु

-


     मर्दी न्युज    
     १३ असार २०७७ मा प्रकाशित


पोखरा, १३ असार । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ९३ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ९३ हजार ६०४ पुगेको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । अमेरिकामा हालसम्म एक लाख २४ हजार ९७८ को कोरोना संक्रमणका कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा ५५ हजार ९५७ जनाले संक्रमणका कारण ज्यान गुमाएको छ । त्यस्तै तेस्रो स्थानमा रहेको बेलायतमा ४३ हजार ४९८, इटलीमा ३४ हजार ७०८ तथा फ्रान्समा २९ हजार ७८१ मानिसले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

विश्वभर संक्रमितको संख्या भने ९७ लाख ७६ हजार नाघेको छ । उक्त विश्वविद्यालयको तथ्यांक अनुसार हालसम्म ९७ लाख ७६ हजार ३९२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या अमेरिका छ । अमेरिकामा हालसम्म २४ लाख ६२ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै ब्राजिलमा १२ लाख ७४ हजार ५८४ जनामा संक्रमणको पुष्टि भइसकेको छ भने रुसमा ६ लाख १९ हजार ९३६, भारतमा ४ लाख ९० हजार ४०१ र बेलायतमा ३ लाख १० हजार ८३६ जनामा संक्रमण पुष्टि भैइसकेको छ ।

चीनको वुहान शहरबाट शुरु भएको यस कोरोनालाई जितेर घर फर्किनेको संख्या विश्वभर गरी ४९ लाख १७ हजार ३२८ जना रहेका छन् । सबैभन्दा धेरै निको हुनेको संख्या ब्राजिलमा रहेका छन् । ब्राजिलमा हालसम्म कोरोनालाई जित्नेको संख्या ६ लाख ९३ हजार ७६ रहेको छ । त्यस्तै अमेरिकामा ६ लाख ७० हजार ८०९ रहेको छ भने रुसमा ३ लाख ८३ हजार ५२४ जना रहेको छ ।



Tags: