पोखरा, १३ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको छ । शनिवार बिहान तीन जिल्लाका गरी ३२ जनामा संक्रमण पुष्टि भएको छ ।
बागलुङको ढोरपाटन नगरपालिकाका १ पुरुष, बागलुङकै काठेखोला गाउँपालिकाका ७ पुरुष, स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ पुरुष, विरुवा गाउँपालिकाका १ पुरुष, अर्जुनचौपारी गाउँपालिकाका ६ महिलासहित १३ पुरुष, वालिङ नगरपालिकाका १ पुरुष र नवलपुरको हुप्सेकोट गाउँपालिकाका २ पुरुषमा गरी ३२ जनामा कोरोना पुष्टि भएको छ ।
हुप्सेकोट गाउँपालिकाका र वालिङ नगरपालिकाका संक्रमित आइसोलेसनमा रहेको र बाँकी अन्यलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।