कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु

-


     मर्दी न्युज    
     १३ असार २०७७ मा प्रकाशित


पोखरा । कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान एकजनाको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

कैलालीको गोदावरी नगरपालिका–७, लालपुरका ५० वर्षीय पुरुषको शनिवार बिहान ७ बजे मृत्यु भएको अस्पतालले सूचना निकालेर जनाएको छ । क्यान्सरका बिरामी रहेका ती व्यक्तिमा स्वासप्रश्वासमा समस्या आएपछि आइसोलेसन वार्डबाट आइसियूमा राखेर उपचार गरिएको थियो ।

यसअघि चितवन मेडिकल कलेजमा उपचाररत उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबार भरतपुर अस्पतालको आइसोलेसन वार्डमा सारिएको थियो ।