पोखरा, १३ असार । नेपालमा थप ५ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ५ सय ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए ।
शनिवार संक्रमित हुनेमा १२० महिला र ४१४ जना पुरुष रहेको उनले जानकारी दिए
यो सँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।
शनिवारसम्म पीसीआर विधिबाट २ लाख १० हजार ८ सय ७६ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडीटी विधिबाट हालसम्म २ लाख ९४ हजार ३४ जनाको परीक्षण भएको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा ६५ हजार ७ सय १२ जना रहेका छन् भने ९ हजार ४ सय ४७ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा १८ महिला र ११८ जना पुरुष गरी १ सय ३६ जना डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमका अनुसार योसँगै कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय ३४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । मृत्यु हुने कैलाली जिल्ला गोदावरी नगरपालिकाका ५० वर्षीय पुरुष भएको प्रवक्ता डा. गौतमले बताए । उनलाई असार ११ गतेको गरिएको पिसीआर परीक्षणमा पोजिटिभ देखिएको थियो ।