पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरका ६, कास्कीका ५ र स्याङ्जाका ५ जनामा शनिवार साँझ कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ५४ पुगेको छ ।
यसअघि शनिवार बिहान प्रदेश स्वास्थ्य निर्देशनालयले ३२ जनामा कोरोना पुष्टि गरेको थियो । शनिवार मात्रै प्रदेशमा ४८ जना कोरोना संक्रमितको पुष्टि भएको छ ।