७७ वटै जिल्लामा देखियो कोरोना

-


     मर्दी न्युज    
     १३ असार २०७७ मा प्रकाशित


नेपालका ७७ वटा जिल्लामा कोरोना देखिएको छ । शनिबार रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा रसुवामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका ८ महिला र एक पुरुषमा गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै मुलुकमा कोरोना संक्रमतिको संख्या १२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा शनिवार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको हो ।

कोरोना संक्रमणबाट नेपालमा शनिवारसम्म २८ जनाको मृत्यु भएको छ भने २ हजार ८ सय ३४ जना संक्रमण मुक्त भएका छन् ।



Tags: