स्याङ्जा । जिल्लाको उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लि. विरुवाद्वारा विपन्न किसानहरुको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले आधुनिक कुखुरा फर्म निर्माण गरेको छ ।
चालु आर्थिक वर्षको नमूना कृषि कार्यक्रम अन्तर्गत विरुवा गाउँपालिकाद्वारा विनियोजित ७ लाख आर्थिक सहयोग र सहकारीको ४ लाख ७० हजार गरी ११ लाख ७० हजारको लगानीमा विरुवा गाउँपालिका १ स्थित मालमुलमा निर्माण सम्पन्न भएको हो ।
आधुनिक कुखुरा फर्मको शनिवार निरीक्षण गर्दै अध्यक्ष चुनप्रसाद शर्माले संस्थाको कामप्रति आफू प्रभावित भएको बताए । यद्यपि प्राविधि मूल्याङ्कन आउन बाँकी रहेको उनले जानकारी गराए ।
मालमुलस्थित आधुनिक कुखुरा फर्ममा हाललाई अण्ड उत्पादनको लागि ७ सय ५० लेयर्स कुखुराबाट सुरु गर्न लागेको जानकारी गराउँदै त्यसलाई क्रमशः बढाउँदै लैजाने सहकारीका अध्यक्ष ओमबहादुर थापाले बताए ।
२०७२ सालमा स्थापना गरी साविक ५ वटा गाविस (पेल्काचौर, विरुवा अर्चले, किचनास, ओरेष्टे र चिसापानी) लाई कार्यक्षेत्र बनाई स्थापना भएको उक्त बचत तथा ऋण सहकारी संस्थामा हाल ४ सय जना शेयर सदस्य रहेका छन् ।