आज काँग्रेस पदाधिकारी बैठक बस्दै

-


     मर्दी न्युज    
     १४ असार २०७७ मा प्रकाशित


Mardi News

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज आइतबार बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले जानकारी दिए।

महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्योलमा परेको १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने निधिले जानकारी दिए। बैठकमा आशन्न महाधिवेशनसँगै समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ।

आशन्न महाधिवेशन र सरकारका कामकारबाहीबारे समीक्षा गरेर आगामी रणनीति तय गर्ने विषय बस्तु नै मुख्य एजेण्डा तय गरिएको उनले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमणका कारण पार्टीको महाधिवेशन कार्यतालिका रोकिको थियो ।

कांग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो।