अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य फेरि बढ्यो

-


     मर्दी न्युज    
     १४ असार २०७७ मा प्रकाशित


अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आइतबार अप्रत्याशित रुपमा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रू. ९१ हजार ३०० कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला रू. ९० हजार ८६० निर्धारण गरिएको छ ।

महासंघले प्रतितोला चाँदीको मूल्य रू. ९४५ तोकेको छ । अघिल्लो साताको तुलनामा चाँदीको मूल्य भने प्रतितोला रू. ५ वृद्धि भएको छ । कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि सरकारले लकडाउन शुरु गरेयता जेठ २५ गते प्रतितोला तोला सुनको मूल्य रू. १० हजार ४०० ले बढेर रू. ८७ हजार पुगेको थियो ।

त्यसपछि लगातार पहेंलो धातु सुनको मूल्य बढ्ने क्रम निरन्तर रहेको छ ।