आइतबार गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण, ४९ जना डिस्चार्ज भए

-


     मर्दी न्युज    
     १४ असार २०७७ मा प्रकाशित


पोखरा, १३ असार । गण्डकी प्रदेशमा आइतबार ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ८ सय ९५ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा थप ७ जनामा कोरोना देखिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार बागलुङमा २, म्याग्दीमा २, पर्वतमा एक, लमजुङ बेसीसहर घर भई तनहुँ आँबुखैरेनीमा कार्यरत एक र पोखरा महानगरपालिकाका एक जनमा गरी ७ जना कोरोना संक्रमित देखिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको जनाएको छ ।

आइतबारसम्म प्रदेशमा कोरोना जित्नेको संख्या एक सय ७० पुगेको छ । आइतबार मात्रै स्याङ्जाका ३२, म्याग्दीका ३, तनहुँका ६ र पर्वतका ८ जना गरी ४९ जना डिस्चार्ज भएको निर्देशक डा. विनोदविन्दु शर्माले जनाए । योसँगै प्रदेशमा कोरोना जित्नेको संख्या १ सय ७० पुगेको छ । प्रदेशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भइसकेकोछ ।