पोखरा, १४ असार । नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४ सय ६३ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए ।
आइतबार संक्रमित हुनेमा १०५ महिला र ३५८ जना पुरुष रहेको उनले जानकारी दिए ।
संक्रमित हुनेमा मोरङका १७ जना, झापाका २ जना, उदयपुरका ६ जना, इलामका १ जना, सुनसरीका १ जना, धनुषाका १० जना, महोत्तरीका ५६ जना, डडेलधुराका १ जना, अर्घाखाँचीका ६ जना, दार्चुलाका १ जना, दोलखाका २ जना, गोरखाका १ जना, गुल्मीका ३८ जना, खोटाङका ४ जना, रौतहटका १७ जना , सर्लाहीका १ जना, सिन्धुलीका १ जना, कपिलवस्तुका ८ जना, धादिङका १ जना, ललितपुरका १ जना, बाजुराका ९५ जना, कास्कीका ५ जना, नवलपरासी पूर्वका ३१ जना, बागलुङका २९ जना, पर्वतका २ जना, सल्यानका २ जना, तनहुँका ६ जना, लमजुङका १ जना, म्याग्दीका २ जना, पाल्पाका २ जना, प्यूठानका ३५ जना, रुपन्देहीका १२ जना, दाङका ३४ जना, रोल्पाका १ जना,रुकूम पश्चिमका १ जना, कैलालीका १७ जनाा र डोटीका १३ जना रहेका छन् ।
यो सँगै संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।
आइतबारसम्म पीसीआर विधिबाट २ लाख १५ हजार ८ सय ३९ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडीटी विधिबाट हालसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् भने ९ हजार ७ सय ३१ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा १३ महिला र १६६ जना पुरुष गरी १ सय ७९ जना डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमका अनुसार योसँगै कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार १३ पुगेको छ ।