विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड चार हजार ६४३ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ९९ हजार ३ सय ६ रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये ५० लाख ७० हजार एक सय ७ निको भएका छन् ।
सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अमेरिकामा अहिलेसम्म २५ लाख १० हजार ३२३ संक्रमित फेला परेका छन् भने संक्रमणबाट १ लाख २५ हजार ५३९ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा संक्रमितको संख्या १३ लाख १३ हजार६६७ पुगेको छ । त्यस्तै ब्राजिलमा ५० हजार ७० जना संक्रमणबाट ज्यान गुमाएको छ ।
रुसमा ६ लाख ३३ हजार ५४२ जना संक्रमित छन् ।
कोरोना भाइरसको संक्रमणको हिसाबले भारत अमेरिका, ब्राजिल र रुसपछि चौथो स्थानमा रहेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख २८ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजारभन्दा बढी नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब ३ लाख ९ हजार निको भएका छन् ।