चीनले सीमा मिचेको ‘फेक’ प्रतिवेदन कुन कारखानामा उत्पादन हुन्छन् खोज्दैछाैँ: परराष्ट्रमन्त्री

-


     मर्दी न्युज    
     १५ असार २०७७ मा प्रकाशित


पोखरा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले नेपालको सीमा अतिक्रमण गरेको झूटो प्रतिवेदन बनाउने कारखानाको खोजी भइरहेको बताएका छन् ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर परराष्ट्रमन्त्री ज्ञवालीले चीनले सात स्थानमा नेपालको सीमा मिचेको भनेर आएको समाचारको खण्डन गरेका छन् ।

हालै मात्र केही सञ्चार माध्यममा कृषि मन्त्रालयको नापी शाखाको प्रतिवेदनलाई हवाला दिएर चीनले सात जिल्लामा सीमा अतिक्रमण गरेको समाचार प्रकाशित भएको थियो ।

राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘जुन प्रतिवेदनलाई आधार बनाएर समाचार बनाइएको थियो त्यो सम्बन्धित मन्त्रालयले नै खण्डन गरिसकेको छ ।’ नेपाल र चीनको सीमा सम्बन्धि सन्धि समाचारमा भनिएजस्तो सीमा संकेत चिन्हहरु ३७ र ३८ खडा नै नगरिएको हुनाले सीमा सारियो वा भत्काइयो भन्ने खालका गलत समाचार प्रकाशित भएको उनको धारणा थियो ।

उनले दुई देशका बीचमा भ्रम छर्ने समाचार सार्वजनिक नगर्न परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेको बताए ।