पोखरा । गण्डकी प्रदेशमा सोमवार साँझ ५ जिल्लाका गरी ५३ जना कोरोना संक्रमण थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ४९ पुगेको छ ।
संक्रमितहरुमा स्याङ्जा जिल्लाका १० जना, तनहुँका १० जना, बागलुङका १४, पर्वतका १३ जना र गोरखाका ६ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।