कोरोनाको खराब चरण आउनै बाँकी: डब्ल्युएचओ

-


     मर्दी न्युज    
     १६ असार २०७७ मा प्रकाशित


एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना महामारीको सबैभन्दा खराब अवस्था बाँकी नै रहेको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानमले महामारीको खराब चरण आउनै बाँकी रहेको बताए ।

महामारी चाँडै अन्त्य होस् भन्ने सबैको चाहना पुरा हुने संकेत नदेखिएको उनले बताए । उनले भने, ‘यो महामारी अन्त्य होस भन्ने सबैको चाहना छ । हामीले भन्नै पर्छ यो महामारी अन्त्य हुने विन्दुबाट धेरै टाढा छौँ । महामारीको सबैभन्दा खराब अवस्था आउनै बाँकी छ ।’

महामारी फैलिनमा नीतिहरुको पालना नहुँनु मुख्य भएको तर्क उनले गरेका छन् । उनी भन्छन्, ‘संसारभरका सरकारले महामारी नियन्त्रणका लागि पालना गर्नूपर्ने नियम पालनामा ध्यान दिएनन् । अन्य देशले जर्मनी, दक्षिण कोरिया र जापानबाट सिक्नुपर्छ ।’

संसारभर अर्थव्यवस्था, सामाजिक जनजीवन र वैयक्तिक स्वतन्त्रताका नाममा भएको खुकुलो पनका कारण कोरोना महामारी थप फैलिने क्रममा रहेको उनको भनाइ छ । कोरोनाविरुद्धको लडाईँमा एउटा देशको मात्र नभएर संसारभर सबैको विशिष्ट प्रकारको एकता आवश्य रहेकोमा डब्ल्युएचओले जोड दिएको छ ।