
पोखरा, ९ साउन । सुनको मूल्यमा शुक्रवार पुनः नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिन बिहीवारको तुलनामा प्रतितोला एक हजार ३ सय रुपैयाँले बढेर सुनको भाउ ९५ हजार ८ सय रुपैयाँ पुगेको छ । नेपाली बजारमा यो सुनको भाउ हालसम्मकै उच्च हो ।
यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य भने ९५ हजार ३ सय ६५ रुपैयाँ प्रतितोला तोकेको छ । अघिल्लो दिन तेजावी सुनको प्रतितोला ९४ हजार ६५ रुपैयाँ तोकिएको थियो ।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले वृद्धि भएर प्रतितोता मूल्य ११ सय ५० रुपैयाँ कायम भएको छ । मूल्य आकासिएसँगै बजारमा सुनचाँँदी खरिद गर्ने ग्राहक नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।