कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ५६ लाख

-


     मर्दी न्युज    
     १० साउन २०७७ मा प्रकाशित


पोखरा । विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ५६ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ५६ लाख ५६ हजार ३५० पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ४१ लाख ६ हजार २२५ पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या २२ लाख ८७ हजार ४७५ पुगेको छ भने तेस्रो स्थानमा रहेको भारतमा १२ लाख ८८ हजार १०८ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ३८ हजार २३८ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिरो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ४५ हजार ३३३ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा ८५ हजार २३८ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर कोरोनाको उपचार भई घर फर्किनेको संख्या ८९ लाख ८४ हजार १६९ जना रहेको छ ।



Tags: