पोखरा, १० साउन । पोखरा महानगरपालिका वडा नं. १८ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा–१८ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
यससँगै प्रदेशमा संक्रमितको संख्या एक हजार ३ सय ६१ पुगेको छ । आज शनिवार संक्रमण पुष्टि भएका उनलाई आइसोलेसनमा लैजान तयारी भइरहेका निर्देशनालयले जनाएको छ ।