
पोखरा, १० साउन । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही र जनस्वास्थ्य प्रयोगशाला, हेटौडामा गरिएको परिक्षणमा प्रदेशमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
यससँगै प्रदेशमा संक्रमितको संख्या एक हजार ३ सय ७२ पुगेको छ । शनिवार संक्रमित पुष्टि भएकाहरुमा ३ जिल्लाका रहेको निर्देशनालयले जनाएका छन् ।
संक्रमितहरुमा कास्की रुपा गाउँपालिकाका २६ वर्षीय पुरुष रहेका छन् । त्यस्तै गोरखाका २ र नवलपुरका ८ जना रहेको निर्देशनालयले जनाएको छ ।
संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजान तयारी भइरहेका निर्देशनालयले जनाएको छ । यसअघि आजै पोखरा महानगरपालिकाका एक पुरुषमा संक्रमण पुष्टि भएको थियो । यससँगै आज मात्र प्रदेशमा १२ जना संक्रमित थपिएका छन् ।