
काठमाडौं । गत वैशाखदेखि साउन ९ गतेसम्म बाढी, पहिरो र चट्याङका कारण मुलुकभर १ सय ८१ जनाको मृत्युु भएको छ ।
विपद्मा परेर ५१ बेपत्ता छन् भने २ सय ७८ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
पहिरोका कारण मात्रै १ सय २८ जनाको मृत्युु भएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । बेपत्ताहरुको अहिले पनि खोजी जारी रहेको उनले बताए ।
सरकारले विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्ने, मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख दिने र एकै परिवारका अन्य व्यक्तिको पनि मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाखका दरले राहत दिने निर्णय गरिसकेको गृहमन्त्रालयले जनाएको छ ।