९६ हजार कट्यो सुनको भाउः मूल्य हालसम्मकै उच्च

-


     मर्दी न्युज    
     ११ साउन २०७७ मा प्रकाशित


पोखरा । आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च मूल्य कायम भएको छ। शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन पाँच सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। नेपाली बजारमा यो सुनको भाउ हालसम्मकै उच्च हो ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य भने ९५ हजार ८ सय ६० रुपैयाँ प्रतितोला तोकेको छ । शुक्रवार तेजावी सुनको प्रतितोला ९५ हजार ३ सय ६५ रुपैयाँ तोकिएको थियो ।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।